काठमाडौं । चेक अनादार मुद्दामा ४ वर्षको कैद भुक्तान गर्नुपर्ने ४८ वर्षीया रमा चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा महिला बन्दी गृह सुन्धाराबाट भागेकी थिइन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ परेको उक्त कार्यालयका प्रवक्ता एसपी शरत थापा क्षेत्रीले बताएका छन् ।
काठमाडौं जिल्ला अदालतको २०७७ पुस २८ र २०७९ पुस २८ को फैसलाले दुईवटा मुद्दामा उनीविरुद्ध ४ ठहर गरेको थियो । उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिका- ५, शिवचोकबाट पक्राउ गरेको हो ।