काठमाडौँ । जिल्लाको मुसिकोट नगरपालिका-५ शेर गाउँबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
रुकुम-पूर्वको भूमे गाउँपालिका-२ का हिमाल घर्ती र सोही ठाउँका २८ वर्षीय राज बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम-पश्चिमले जनाएको छ । उनीहरूको साथबाट प्लास्टिकसहित १३.२९ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।
जिल्ला सदरमुकाम खलंगाबाट रुकुम पूर्वतर्फ जाँदै गरेको हिमाल घर्तीले चलाएको रा ७ प ९६१६ नम्बर को मोटरसाइकल जाँच गर्ने क्रममा ब्राउन सुगर बरामद गरिएको हो । चालक हिमालको साथबाट चस्माको खोलमा प्लास्टिकले बेरी राखेको अवस्थामा १२ पुरिया ११.२६ ग्राम र पछाडि सवार राजको पाइन्टको बायाँ गोजीमा प्लास्टिकमा बेरी राखेको २ पुरिया २.०३ ग्राम गरी कूल प्लास्टिकसहित १३.२९ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।