सदावहार नायिका करिश्मा मानन्धर र महानायक राजेश हमालले नेपाली चलचित्र क्षेत्रमा करिब २ दशकबढी एकसाथ कैयौँ चलचित्रमा काम गरे । चलचित्रमा काम गर्दा गर्दै निर्माता बिनोद मानन्धरसँग विबाह गरिसकेकी करिश्माका फ्यानले भने राजेशसँगै विबाह गरेको भए हुन्थ्यो भन्ने चाहान्थे । तर विबाहित करिश्मा र अविबाहिर राजेशबीचमा त्यो भने सम्भव थिएन ।
अन्ततः राजेश हमालले पनि उमेर ढल्केपछि मोडल मधु भट्टराईसंग विवाह गरे । पछिल्लो समय पनि राजेश र करिश्माले अहिले पनि साना ठूला प्रोजेक्टहरुमा एकसाथ काम गरिरहेको देखिन्छ । त्यो देख्दा उनीहरुका फ्यानले अहिले पनि त्यस्तै खालका कमेन्ट गर्छन् ।
यसैबीच करिश्माले इस्टाग्राममा राजेशसँगको पुरानो तस्विर पोष्ट गरेकी छिन् । जुन तस्विरमा राजु निरौला नामका प्रयोगकर्ताले लेखेका छन्, ‘यो जोडीले सगै घरजम गर्नु पर्ने थियो ।’ त्यस्तै चुनी दिनेशले ‘याद आयो’ भनेर कमेन्ट गरेका छन् ।