नेपालमा थप १६ जनाले कोरोना भाइरसको संक्रमणको कारण ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाबाट निधन हुनेको संख्या १ हजार ५६७ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ८ हजार ३१ जनाको नमूना परिक्षण गर्दा ७८८ पुरुष र ४८४ महिलासहित १ हजार २७२ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । योसहित नेपालमा कूल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।
कूल संक्रमितमध्ये २ लाख २१ हजार ८४७ जना कोरोनामुक्त भएका छन् । पछिल्लो अवधिमा १ हजार ५७५ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म १७ लाख ७१ हजार ९५० जनाको परिक्षण गरिएको छ ।