काठमाडौं- तमिलनाडुमा बुधबार तमिलगा वेत्री कझगम (टिवीके) नेतृत्वको सरकारले विधानसभामा बहुमत प्रमाणित गरेको छ।
मुख्यमन्त्री जोसेफ विजय नेतृत्वको सरकारको पक्षमा १४४ जना विधायकले मतदान गरेका छन्। २३४ सदस्यीय विधानसभामा बहुमतका लागि ११८ मत आवश्यक थियो।
बीबीसी तमिलका अनुसार, मुख्यमन्त्री विजयले पहिलो चरणमा प्रस्ताव पेश गरेका थिए। त्यसपछि विभिन्न दलका विधायकहरूले आफ्नो धारणा राखेका थिए।
त्यसपछि डिभिजन बेन्च प्रणालीमार्फत मतदान गरिएको थियो। मतदानमा १४४ जना विधायकले विजय नेतृत्वको सरकारको समर्थनमा मत दिएका हुन्।
द्रविड मुनेत्र कझगमले सदनबाट बहिर्गमन गरेपछि उपस्थित सदस्यहरूमध्ये २२ जनाले सरकारको विपक्षमा मतदान गरेका थिए।