भारतले यो साता २१ औं शताब्दीकै सबैभन्दा खतरनाकमा पर्ने क्षेप्यास्त्र परीक्षण गर्ने भएको छ । रुससँको सहकार्यमा बनेको क्षेप्यास्त्र यो शताब्धी कै खतरनाक मानिएको छ । जुन क्षेप्यास्त्रको नाम ब्रह्मोस राखिएको छ ।
जुन भारतको ब्रह्मपुत्र र रुसका मोस दुवै ठूला नदीको नाम मिलाइर राखिएको हो । समाचार एजेन्सीहरुका अनुसार भारतले यो एक घण्टामा ४३ सय किलोमिटर उड्न सक्ने क्षमता राख्दछ । यो सहित भारतले अन्य धेरै परीक्षणहरु गर्ने जनाइएको छ । भारतले सबै परीक्षणहरु के कति सटीकताका साथ लक्ष्यवेध गर्न सक्छन् भनेर गर्न लागेको बताइएको छ ।
अहिले हुन परीक्षण हुन लागेको सबैभन्दा ठूलो क्षेप्यास्त्रको रेन्ज २९० किलोमिटर भएको बताइएको छ । यो गैरआणविक क्षेप्यास्त्र भएको र उड्न सक्ने क्षमता ध्वनिको गतिभन्दा तीन गुणा बढी भनेर परिभाषित गरिएको छ ।
ब्रह्मोस नामक क्षेप्यास्त्रलाई सुखोई लडाकू विमानबाट प्रक्षेपण गरिने बताइएको छ । यसको तार्गेट ८०० किलोमिटर रेन्जमा हान्न सक्ने भर्जनको पनि परीक्षण हुने समाचार एजेन्सीहरुले बताएका छन् ।
ब्रह्मोस क्षेप्यास्त्र जहाँबाट पनि प्रक्षेपण गर्न मिल्ने र जमीनबाट आकाशमा मार हान्ने सुपरसोनिक क्षेप्यास्त्र ४०० किलोमिटर टाढासम्मको टार्गेटलाई मार हान्न सक्ने दावी गरिएको छ ।
चीनसँगको सीमा बिवादकाबीच भारतले क्षेप्यास्त्र परीक्षण गर्न लागेको बिषयलाई महत्वपूर्ण रुपमा हेरिएको छ । यसअघि सन २०१३ मा पनडुब्बीबाट ब्रह्मोस क्षेप्यास्त्रको पहिलो परीक्षण गरिएको थियो ।