२०७७ साल कार्तिक शुक्लपक्ष मंसिर ७ गते आइतवार अष्टमी तिथि धनिष्ठा नक्षत्र चन्द्रमा कुम्भ राशिमा ।
मेष राशि : शत्रु पराजित हुने समय छ । ज्ञान विज्ञानका कुरा सिक्छ पाइनेछ । मानसिक सन्तुष्टि पनि मिल्ने दिन रहेको छ । कृषि तथा कृषि कार्यसंग सम्बन्धित व्यवसायबाट लाभ होला । आर्थिक आम्दानी हुने विभिन्न अवसर आउनेछन । पारिवारिक सहयोग भन्दा इष्टमित्रको सहयोग प्रभावकारी हुनेछ ।
वृष राशि : तपाईंको कुरा काट्ने मान्छेहरु आज प्रशस्त हुनेछन् त्यसैले धेरै सावधान रहेर कामहरु गर्नु पर्ने देखिन्छ । मानसिक चिन्ता बढ्न सक्छ । त्यसले तपाईंको अध्ययन अध्यापनमा पनि हानि पुर्याउला । वैदेशिक रोजगार व्यवसायमा भने लाभदायक दिन छ । त्यस्तै तरल पदार्थको काममा पनि प्रशस्त लाभ मिल्ने देखिन्छ ।
मिथुन राशि : पठन–पाठनमा भने त्यत्ति मन नजाला, हरियो साग सब्जीको काममा प्रशस्त नाफा हुने देखिन्छ । धाएर गर्नु पर्ने काममा पनि मन जाने छ । तपाईंले आज मनन गर्नु पर्ने कुरा के छ भने स्वास्थ्यमा खरावी देखिएला त्यसैले खानपिनमा सावधानी अपनाउनु भए राम्रो होला ।
कर्कट राशि : आज तपाईले रमाइलो तरिकाले कामहरु गर्न पाउनु हुने छ । अनि विपरित लि ङ्गिको हौसलाले पनि तपाईंमा आज जोश र जागर बढ्ने देखिन्छ । मध्यान्न पछि तपाईंले आज अरुको काममा समय दिएर खुशी रहनु हुनेछ । अनि एउटा कुरा तपाईको बोलीमा आज प्रभाव रहनाले राजनीति क्षेत्रमा प्रगति होला ।
सिंह राशि : काममा बाधा सम्भावना रहेकाले धैर्यता पूवर्क काम गर्नु होला । नयाँ किसिमका भने खासै कुनै पनि काम बन्ने देखिन्न । शरीरमा पनि पीडा होला । जिम्मेवारी सँगसँगै मानवीय संरक्षण गर्न पहल गरेकोमा गौरव ठान्नु होला । गरिराखेको पेसाबाट मन अघाएर नयाँ काम तिर मन जाला ।
कन्या राशि : आज तपाईंले सामाजिक काममा समय दिनु पर्ला आफूले गरेका कामबाटै आफूलाई असन्तोष पनि होला । आनको दिन ठूलो लगानी र योजनाको काम नगर्न भए बेश होला । स्वास्थ्यमा पनि सामान्य खराबी आउनसक्छ । यतिबेला जतिसक्यो संयमता अपनाउनु पर्ने देखिन्छ ।
तुला राशि : धार्मिक कार्यमा खटिनु पर्ला । राम्रा कामको राम्रै मूल्याङ्कन हुने समय आएको छ । लामो समयदेखि नबनेको काम आज बन्ने देखिन्छ । स्वास्थ्यमा सामान्य खराबी आउनसक्छ । यतिबेला जतिसक्यो संयमितता अपनाउनु पर्ला । तपाईंबाट कुनै विशेष वस्तुको सिर्जना पनि हुनसक्छ ।
वृश्चिक राशि : परिश्रम गर्ने समय आएको छ । आज अरुले पनि तपाईंको राम्रो सहयोग गर्लान् । दीर्घजीवनका लागि फलदायी दिन रहला । मन पनि रमाउने छ । लगभग साठी प्रतिशत काम सम्पन्न होलान । त्यसो त चिसोबाट हरबखत नै सजग रहनु पर्नेछ । परिश्रम गर्नसके लाभ लिन सकिने समय छ ।
धनु राशि : तपाईंले आज हर समय सजग रहनु होला । अधुरा कामहरु पनि अधुरा नै रहलान् जस्तो छ । संयमित भइ आफ्नो गतिविधि बढाउनु होला । नचिनेका व्यक्तिसित नयाँ मित्रता कायम होला । जग्र्गा जमिनको कारोबार भन्दा जागिरबाट राम्रै प्रगति हुने देखिन्छ । मानसिक परिश्रम बढी गर्न पला ।
मकर राशि : विपरित लिङ्गिको हौसलाले तपाईंका कामहरु आज सजिलै संग बन्नेछन । आर्थिक पक्ष राम्रो छ, त्यसैले रुपैया पैसाको काममा आज राम्रौ किसिमको लाभ मिल्ला । धर्मिक ठाउँको रमाइलो यात्रामा सामेल हुनु पर्ला । यति हुदाँहुदै पनि तपाईंको स्वास्थ्यमा आज केही खरावी देखिन सक्छ, त्यसैले खानपिनमा सावधानी अपनाउनु होला ।
कुम्भ राशि : तपाईंका लागि समय राम्रो किसिमको रहेको छ । अनि तपाईको मन आज पठन–पाठनमा पनि राम्रै संग जाने देखिन्छ । तर पनि कठिन यात्रामा भने सरिक हुनुपर्ला । मन परेको सामग्री किन्नमा तपाईंको आज अलिकति पैसा खर्च हुने पनि देखिन्छ । साथ साथै तपाईंको आज आफन्तजन संग पनि मिलन हने सम्भावना रहेको छ ।
मीन राशि : आजको दिन तपाईंका लागि मध्यम खालको छ । कामको बोझले थाकेको महसुस होला । तपाईंले आज रुपैया पैसाको काम गर्दा भने धेरै नै जोगिनु पर्ने देखिन्छ । अनि स्वास्थ्यमा पनि समस्या देखिने सम्भावना रहेकोले खानपिनमा सजक रहनु नै बेस होला । प्रेम प्रसंगको कुरा गर्दा, आज तपाईंको प्रेम प्रसंग सुखद रहने छ ।