देशभर रहेका ७६ प्रयोगशालाा ८ हजार १४४ जनाको नमूना परिक्षण गर्दा १ हजार ६७४ जनामा कोरोना संक्रमण पाइएको हो ।
आज भेटिएका संक्रमितमध्ये पुरुषको संख्या १ हजार १३ र महिलाको संख्या ६६१ रहेको मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कूल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । जसमध्ये १ लाख ९३ हजार ३२५ जना निको भएका छन् भने १ हजार ३०५ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा ७ जनाको निधन भएको हो भने २ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म १६ लाख ५२ हजार ४३ जनाको नमूना परिक्षण गरिएको मन्त्रालयले जनाएकव छ ।
हाल सक्रिय अवस्थामा रहेका कोरोना संक्रमितको संख्या २४ हजार ९ छ । केही समयअगाडी यो संख्या ३५ हजार भन्दा माथि थियो ।
र यो पनि पढ्नुहोस् :