एजेन्सी । अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
एक जना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउँदा दुई जनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ ।
संदिग्धले योजनाबद्ध रूपमा गोली हानेर घटना घटाएको उल्लेख गर्दै प्रहरीले जनाएको छ
पीडितहरू र आक्रमणकारी एक अर्कामा परिचित व्यक्ती भएको उल्लेख गर्दै प्रहरीले संदिग्धलाई पक्राउ गरी सकिएको जनाएको छ ।