राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड–१९ बाट संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
निमोनिया र कोरोना सङ्क्रमण भएपछि उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका केसी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी शुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकोमा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लेख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन् ।
मंसिर २७ गते मन्त्रिपरिषद्को बैठकले केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका ८० वर्षीय केसीलाई कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।