हालै विवाह बन्धनमा बाधिँएकी बलिउड गायिका नेहा कक्क अहिले हनिमुनमा छिन् । नेहाले पञ्जावी गायक रोहनप्रित सिंहसँग बिवाह गरेकी हुन् ।
हिमांश कोहली, आदित्य नारायण झा लगायतका गायकहरुसँग प्रेममा रहेकी नेहाले अन्ततः प्रेमी रोहन प्रीतसँग २४ अक्टुबरको दिन आफ्ना परिवार र नजिकका नातेदारका बीचमा धुमधामले विवाह गरेकी हुन् ।
रोहनप्रीत भन्दा अघि नेहाको गायक आदित्य नारायण झासँग विवाहको चर्चा चलेको थियो । इण्डियन आइडलको समयमा उनीहरुको विवाहको कुराले चर्चा पाएको थियो । आदित्यका पिता उदित नारायणले त नेहालाई ‘बुहारी’सम्म भने । तर पछि शोको टीआरपी बढाउन नाटक गरिएको खुल्न आयो ।
अहिले नेहा र उनका पति रोहनप्रित हनिमुन मनाउन दुबई रहेका छन् ।
उनीहरु दुबईमा एक भब्य होटलमा बसेको भिडियो यस सार्वजनिक भएको छ । नेहाले आफ्नो इष्ट्राग्राममा थप नयाँ तस्विरहरु अपलोड गरेकी छिन् । ती तस्विर यो जोडी निकै रोमान्टिक मुडमा देखिएको छ ।
तस्बिरमा दुबैको निकै रोमान्टिक अन्दाज समेत देख्न सकिन्छ । एक तस्बिरमा नेहाले पतिलाई किस गरेको रोमान्टिक अन्दाज देख्न सकिन्छ । अर्काे एक तस्बिर रोहनप्रीतले रोमान्टिक अन्दाजमा नेहालाई किस गरेको समेत रहेको छ ।