पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी २ हजार ५०३ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
१६ लाख बढीको पीसीआर परीक्षण गर्दा नेपालमा संक्रमितको संख्या दुई लाख ८ हजार २९९ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्ये १ लाख ७० हजार ६३२ जना डिस्चार्ज भएका छन् भने देशभर अहिले सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ पुगेको छ ।
२४ घण्टामा १३ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार २१५ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर क्वारेन्टाइनमा भने एक हजार ५७ जना रहेका छन् ।
शनिबारसम्म नेपालमा १६ लाख २ हजार ६०३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।