मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ९५४ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । तर थपिनेको तुलनामा निको हुनेको सङ्ख्या दोब्बर छ ।
२४ घण्टामा २ हजार ९८१ जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।
यो सँगै देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या हालसम्म ३९ हजार ६४३ पुगेको छ ।
योसँगै निको हुने १ लाख २१ हजार ८२४ संख्या पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २९५ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार २४८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको सङ्ख्या २ हजार ८८९ जना रहेका छन् ।
यसैबीच, भोलिदेखि स्वास्थ्य मन्त्रालयले कोरोना सम्बन्धी दैनिक बिफ्रिङ नगर्ने जनाएको छ । सातामा अब दुई दिनमात्र मन्त्रालयले जानकारी लाइभ गर्नेछ । अरु दिन वेबसाइट, फेसबुकलगायतबाट जानकारी दिइने भएको छ ।