काठमाडौं । नेपाली विद्यार्थीले एआई ब्लकचेन र साइबर सुरक्षामा अन्तर्राष्ट्रिय प्रमाणपत्रसहितको व्यावहारिक शिक्षा पाउने भएका छन् । एशियन ई–लर्निङ प्रालि र ट्रान्सन्युरोन टेक्नोलोजिजको साझेदारीमा विद्यालय तहका विद्यार्थीका लागि विश्वस्तरीय प्रविधि शिक्षा र भविष्य उन्मुख शिक्षाको नयाँ अध्याय सुरु गरिएको प्रालिले जनाएको छ । र्
बीएमद्वारा विकसित र यसको आधिकारिक डेलिभरी पार्टनर ट्रान्सन्युरोन टेक्नोलोजिज, बैंगलोर मार्फत सञ्चालन हुने यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्यक्रम कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता ९ब्क्ष्०, ब्लकचेन र साइबर सुरक्षा ९ऋथदभच कभअगचष्तथ० जस्ता महत्वपूर्ण प्रविधिहरूमा व्यवहारिक ज्ञान र अनुभव प्रदान गर्न डिजाइन गरिएको एशियन ई–लर्निङ प्रालिले जनाएको छ ।
यो कुनै साधारण शैक्षिक कोर्स मात्र नभएर सामान्य पाठ्यक्रमभन्दा भिन्न र विश्वस्तरीय सिकाइ मार्ग रहेको र यसले विद्यार्थीलाई सानैदेखि उन्नत प्रविधिसँग परिचित गराउँदै उनीहरूलाई भोलिका सिर्जनशील, नवप्रवर्तक र नेतृत्वकर्ता बन्न तयार पार्ने प्रालिको दाबी छ । कार्यक्रमलाई चरणबद्ध रूपमा संरचित गरिएका कारण विद्यार्थीलाई उनीहरूको सिकाइ स्तर र तयारीअनुसार क्रमशः अघि बढ्न सहयोग पुग्ने विश्वास पनि कम्पनीको रहेको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यस कार्यक्रमअन्तर्गत प्रत्येक कोर्सले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गर्नेछ । यी प्रमाणपत्रहरूले उच्च शिक्षा र भविष्यको करियरमा महत्वपूर्ण शैक्षिक तथा व्यावसायिक मूल्य थप्ने अपेक्षा गरिएको छ । कार्यक्रमको उद्देश्य परम्परागत शिक्षाबीच र तीव्र गतिमा परिवर्तन भइरहेको डिजिटल विश्वका आवश्यकताबीचको खाडललाई पूरा गर्नु हो ।’
यस कार्यक्रमको नेपालमा औपचारिक शुभारम्भ सन् २०२६ को अप्रिल १३ तारिख देखि भएको र शुरुमा सेन्ट जेभियर्स गोदावरी र कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीसँग औपचारिक सम्झौता भएको पनि कम्पनीले जनाएको छ । यो सहकार्यले नेपालमा आईबीएम स्कुल प्रोग्रामकाऔपचारिक सुरुवात भएको छ । यसले नेपाली विद्यार्थीलाई विद्यालयस्तरमै विश्वस्तरीय प्रविधि शिक्षामा पहुँच दिलाउने प्रतिबद्धतालाई बलियो आधार प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।
सम्झौतामा हस्ताक्षरपछि सेन्ट जेभियर्स गोदावरीका प्रिन्सिपल फादर विजय तोप्पोले यो सहकार्य उनीहरूको भविष्यका लागि अत्यन्त लाभदायक हुने विश्वास व्यक्त गर्र्दै विद्यार्थीलाई यस अवसरलाई पूर्ण रूपमा उपयोग गर्न आग्रह गर्दै विद्यालय तहमै विश्वस्तरीय प्रविधि शिक्षामा पहुँचले उच्च शिक्षा र करियरमा स्पष्ट अग्रता दिलाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सहकार्यले विद्यार्थीहरूको भविष्यमा ठूलो सकारात्मक प्रभाव पार्नेछ । विद्यालयमै यस्तो अवसर पाउनु सौभाग्यको कुरा हो र यसको भरपूर सदुपयोग गर्नु नै विद्यार्थीहरूको काम हो ।’ एशियन ई लर्निङ प्रालिका प्रबन्ध निर्देशक सुवोध त्रिपाठीले यस सहकार्यले सकारात्मक परिवर्तन ल्याउने र विद्यार्थीका लागि नयाँ अवसरहरू खोल्ने बताए ।
उनले कार्यक्रममा सहभागी हुने प्रत्येक विद्यार्थीले वास्तविक र दीर्घकालीन लाभ प्राप्त गर्ने सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘दुवै संस्थाले हाम्रोमाथि राखेको भरोसालाई हामी पूर्ण जिम्मेवारीका साथ निर्वाह गर्नेछौँ। यस सहकार्यमा संलग्न सबैलाई हार्दिक बधाई छ । यो कदमले विद्यार्थीहरूको पठनपाठनमा साँच्चिकै राम्रो परिवर्तन ल्याउँछ र उनीहरूका लागि नयाँ सम्भावनाका ढोकाहरू खुल्नेछन् भन्ने मलाई पूर्ण विश्वास छ’ उहाँले भन्नुभयो । 