नेपालमा २ हजार ६ सय भन्दा बढीमा कोरोना पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर १३ हजार ९४७ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा १ हजार ४०३ सहित देशभर २ हजार ६३८ जनामा कोरोना पुष्टि भएको हो ।
योसहित देशभर कूल कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।
पछिल्लो २४ घन्टामा १२ जनाको निधन भएको छ भने २ हजार १७४ जना कोरोनामुक्त भएका छन् ।
अहिलेसम्म ८० हजार ९५४ जना कोरोनामुक्त भएका छन् भने ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।
आज काठमाडौं जिल्लामा ९९६ भक्तपुरमा १०२ र ललितपुरमा १ हजार ४०३ जनामा कोरोना पुष्टि भएको हो ।
अहिले सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । जसमध्ये १४ हजार ८१९ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने २१ हजार ५४८ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।