नेपालमा चौथौ तिर लगातार २ हजार भन्दा बढी संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर १३ हजार ७ सय ८१ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ सहित देशभर २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण देखिएको हो ।
योसहित देशभर संक्रमित भएको कूल संख्या ८९ हजार २ सय ६२ पुगेको छ ।
सोमबार काठमाडौंमा १ हजार १ सय ७८, भक्तपुरमा १ सय ३ र ललिपतुरमा २ सय ५० जना संक्रमित फेला परेका हुन् ।
वितेको २४ घन्टामा १९ जनाको कोरोनाको कारण ज्यान गएको छ । यसरी ज्यान गुमाउनेको संख्या ५ सय ५४ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
संक्रमितमध्ये ६५ हजार २ सय २ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घन्टामा १ हजार १ सय ३३ जना कोरोनामुक्त भएर घर फर्किएका हुन् ।
सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको छ । जसमध्ये १२ हजार ३ सय १६ जना होम आइसोलेशनमा रहेका छन् भने ११ हजार १ सय ९१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेशनमा रहेकामध्ये २ सय ४४ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
अहिलेसम्म १० लाख ८८ हजार २ सय २९ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।
गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
आइतवार मन्त्रालयले २ हजार २ सय ५३ सङ्क्रमित फेला परेको र पाँचमहिने शिशुसहित ७ जनाको मृत्यु भएको बताएको थियो।
गत शुक्रवार मन्त्रालयले २ हजार ७ सय जनाभन्दा बढीमा सङ्क्रमित भेटिएको पुष्टि गरेको छ। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
त्यसयता प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या २ हजार नाघिरहेको छ।