शनिबार काठमाडौं उपत्यकामा तीन जिल्लामा ६ सय ४५ संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरिका प्रयोगशालामा १२ हजार २ सय ६२ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ६ सय ४५ सहित मुलुकभर १ हजार २ सय ७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
योसहित नेपालमा कोरोना पुष्टि हुनेको कूल संख्या ७१ हजार ८ सय २१ पुगेको छ । तीमध्ये ४ सय ६७ जनाले ज्यान गुमाइसकेका छन् भने ५३ हजार १३ जना निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घन्टामा १ हजार १ सय ४७ जना कोरोनामुक्त भएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ८ जनामध्ये काठमाडौं उपत्यकामा २ जना रहेका छन् ।
आज ज्यान गुमाउनेमा मोरङको २ जना सप्तरी, ललितपुर, काठमाडौं र कपिलवस्तुमा १-१ जना रहेका छन् ।
नेपालमा अहिलेसम्म ९ लाख ७८ हजार २ सय ४ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ भने ६ हजार ३ सय ३१ जना क्वारेन्टिनमा बसेका छन् ।