प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक तथा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले बताइन्।
‘हल्का थकाइ लागेको अनुभव भइरहेको छ, ज्वरो आएको छ। अरू खासै समस्या छैन’, उनले भनिन्।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गराएकी थिइन्। ‘केही दिनदेखि कोरोनासँग मिल्ने लक्षण देखिएको थियो’, उनले भनिन्, ‘पिसिआर रिपोर्ट पोजेटिभ आएपछि अहिले होम आइसोलेसनमा बसिरहेकी छु।
शाहले यसबीचमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट नगरेको बताएकी छन्। ‘लामो समयदेखि प्रधानमन्त्रीसँग भेटघाट भएको छैन’, उनले भनिन्, ‘मसँग भेटेका अन्यलाई जानकारी गराइसकेकी छु।’
शाहले जुम्लामा अनसनका क्रममा बिरामी परेपछि ट्रमा सेन्टर हुँदै त्रिवि शिक्षण अस्पताल लगिएका डाक्टर गोविन्द केसीलाई भने तीन दिनअघि भेटेकी थिइन्।