पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ३७ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ४ सय ९७ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ६ सय ३७ सहित देशभर १ हजार १ सय ७२ संक्रमित थपिएका हुन् ।
आज काठमाडौं जिल्लामा ४ सय ९२ जना भक्तपुरमा ९५ जना र ललितपुरमा ५० संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै छ ।आज १ हजार ८ सय ९३ कोरोना संक्रमित निको भएर घर फर्केको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।