नेपालमा थप १ हजार ८ सय ९३ कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेका २४ घन्टामा १ हजार १ सय ७२ नयाँ संक्रमित थपिँदा ७ जनाको निधन भएको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ । जसमध्ये ४ सय ३६ जनाले ज्यान गुमाएका छन् भने ४९ हजार ९ सय ५४ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
अहिले १७ हजार ४ सय १४ सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ । ७ हजार १ सय ४ व्यक्तिहरु अझै पनि क्वारेन्टिनमा बसेका छन् ।
मन्त्रालयका अनुसार ९ लाख ४४ हजार ४ सय ७४ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।