नेपालमा छिमेकी मुलुक भारतमा जसरी तिब्र गतिमा कोरोना संक्रमण भैरहेको सोही गतिमा कोरोनामुक्त हुनेको संख्या पनि बढिरहेको छ ।
१ हप्तादेखि लगातार दैनिक ९० हजार भन्दा बढी संक्रमित थपिरहँदा मंगलबार सो संख्यामा कम भएर ७४ हजार नयाँ संक्रमित थपिएका छन् ।
विश्वमै कोरोना संक्रमितको संख्याको आधारमा अमेरिकाभन्दा पछि रहेको भारतमा मंगलबार दिँउसोसम्म ५६ लाख ६० हजार संक्रमित पुग्दा निको हुनेको संख्या ४५ लाख आसपास पुगेको छ ।
त्यहाँ अहिले ९ लाख ७६ हजार मात्र सक्रिय संक्रमित रहेका छन् भने ८८ हजार ९ सय ६५ जनाले ज्यान गुमाएका छन् ।
भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितमध्ये झण्डै ८० प्रतिशत मानिसहरु सङ्क्रमणमुक्त भएको पनि जनाएको छ ।
मन्त्रालयको सामाजिक सञ्जालको आधिकारीक पेजमा लेखिएको छ, ‘भारतमा सङ्क्रमणमुक्त भएकाहरुको दैनिक सङ्ख्या उच्च हुँदै गएको छ, यो सङ्ख्या र अनुपात विश्वमै सवैभन्दा धेरै हो ।’