काठमाडौँ । कतारको सैन्य हेलिकप्टर दुर्घटनामा परेको छ । मध्यपूर्वमा जारी तनावका बीच कतारी रक्षा मन्त्रालयका अनुसार कतारी सैन्य हेलिकप्टर देशको जल क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
कतारको रक्षा मन्त्रालयका अनुसार ‘प्राविधिक गडबडी’ का कारण सैन्य हेलिकप्टर देशको पानीमा दुर्घटनाग्रस्त भएको हो। रक्षा मन्त्रालयले राज्य सञ्चालित सञ्चारमाध्यममा प्रकाशित एक विज्ञप्तिमा हेलिकप्टरका चालक दल र अन्य यात्रुहरूलाई खोज्न खोजी तथा उद्धार अभियान सुरु गरिएको बताएको छ।
कतारी अधिकारीहरूले जनाए अनुसार दुर्घटनामा परेको हेलिकप्टर नियमित ड्युटीमा थियो ।