भारत र चीनमा जारी तनावको विषयमा चीनका विभिन्न पत्रिकामा भारतलाई धम्की र चीनको शक्तिबारे मात्र समाचार प्रकाशित गरिन्छ । तर, कम्युनिष्ट पार्टीको मुखपत्ररुपमा चिनिएको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले गलवानमा भएको भिडन्तमा चीनका सेना समेत मरेको स्विकार गरेको छ ।
१५ जूनमा गलवान घाटीमा चीन र भारतीय सैनिकबीच हिंस्रक झडप भएको थियो । यसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।
चीनका सैनिक कति संख्यामा हताहत भए यसको आधिकारिक जानकारी हालसम्म पाउन सकिएको छैन । पहिलो पटक यसै पत्रिकाका सम्पादकले चिनियाँ पक्षको क्षतीबारे स्विकारेका छन् ।तर कति संख्यामा सैनिकहरु मारिए भन्ने कुरा खुलाइएको छैन ।
थुप्रै दशकमा दुई देशको सीमामा भएको यो पहिलो घटना थियो । त्यतिबेला चीनले आफ्नो बयानमा उनका कुनै पनि सैनिकको मृत्यु भए नभएको जानकारी दिएको थिएन । दुई देशको सीमामा अहिले पनि तनाव छ । बिहिबार रक्षामन्त्री राजनाथ सिंहले भारत चीनसामू नझुक्ने र हरेक प्रकारको चुनौतीका लागि तयार भएको बताएका छन् ।
भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। दुई देशबीच सन् १९६२ मा यु द्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।
चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ।