काठमाडौं महानगरपापलिकाका मेयर विद्या सुन्दर शाक्य कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा आइसोलेसनमा बसिरहेका मेयर कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।
होटल स्रोतका अनुसार झन्डै २० हजार रुपैयाँ शुल्क लाग्ने कोठामा चिकित्सकीय सुविधासहित बसेका शाक्यले प्रतिदिन २५ हजारभन्दा बढी शुल्क तिर्नुपर्छ।
यद्यपि महानगरपालिकाले नागरिक स्तरबाट आलोचना हुने भन्दै शाक्यको होटल बासबारे बताउन इन्कार गरेको छ । स्रोतका अनुसार मेयर शाक्यको परिवारले लिएको तीनवटा कोठा र चिकित्सकीय सुविधासहित औसतमा दिनको ७५ हजार हाराहारीमा खर्च हुन्छ।
पछिल्ला १२ दिनयताको होटल खर्च मात्रै ९ लाख हाराहारी पुगिसकेको छ । त्यतिका धेरै खर्च महानगरपालिकाले बेहोर्छ कि मेयर शाक्यले आफ्नै गोजीबाट तिर्छन्भ न्ने प्रश्नको उत्तर भने प्राप्त हुन सकेको छैन ।
गत भदौ १५ गते कोरोना संक्राण पुष्टि भएका मेयर होम आइसोलेसनमा भन्दै सोल्टी होटलको भिआईपी कोठामा बस्दै आएको खुलेको थियो । कोरोना संक्रमण नदेखिएकी उनकी श्रीमती पनि सोही होटलमा बसेकी थिइन् ।
उनले १३ औं दिनमा कोरोना जितेर घर फर्किएका हुन् । मेयर शाक्य केही दिन आराम गरेर नियमित काममा फर्किने उनको निजी सचिवालयले जनाएको छ ।