काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै संयुक्त राज्य अमेरिका ले बधाई दिएको छ । अमेरिकी दूतावास नेपालले बिहीबार सम्पन्न निर्वाचनका लागि नेपाली जनता र सम्बन्धित निकायलाई बधाई दिँदै लोकतान्त्रिक अभ्यास सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेको हो ।
दूतावासले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ।
निर्वाचन आयोग नेपालका अनुसार प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । मतदान सकिएसँगै देशभरका मतदान केन्द्रबाट मतपेटिका गणनास्थलतर्फ सार्ने काम भइरहेको छ।