काठमाडौं । बूढीगण्डकी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाको कम्पोजिट क्विक रियाक्सन टिम परिचालन गरिएको छ। काठमाडौँमा रहेको उक्त टोलीलाई हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत सामग्री वितरण र नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाली सेनाका हेलिकप्टर परिचालन गरिएको बताएका छन्।
सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सहयोग आवश्यक परेमा निम्न आपत्कालीन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
• एम्बुलेन्स: १०२
• जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी): १२३४
• जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६११९०
• सहायक प्रमुख जिल्ला अधिकारी: ९८५६०५७७७८
विपद्का कारण प्रभावित बनेका नागरिकको खोज तथा उद्धार, राहत सामग्री वितरण र सुरक्षित स्थानमा स्थानान्तरणलाई सरकारले प्राथमिकतामा राखेको जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कार्य जारी रहेको पनि मन्त्रालयले जनाएको छ।