काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बारा जिल्लामा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको छ। जिल्लाभर सञ्चालन भइरहेको मतदानमा दिउँसो २ बजेसम्म ९६ हजार २७० मत खसेको छ।
उक्त मत जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा खसेको हो। प्राप्त विवरण अनुसार हालसम्म खसेको मतमध्ये पुरुष ५० हजार ८७८ र महिला ४५ हजार ३९२ रहेका छन्।
निर्वाचन कार्यालयका अनुसार बारा जिल्लामा कुल ४ लाख ६५ हजार ७८४ मतदाता रहेका छन्। हालसम्म खसेको ९६,२७० मत कुल मतदाताको करिब २०.६७ प्रतिशत हुन आउँछ।मतदान बिहान ७ बजेदेखि सुरु भएको हो। बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग