प्रदेश १ का डिआईजी इश्वरबाबु कार्कीलाई कोरोना संक्रमण भएको छ ।
मंगलबार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको नाम पनि पोजेटिभको सूचीमा छ ।
ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि दिएका थिए ।
कार्कीसहित उनको परिवार र सचिबालयका ५ जनाको स्वाब परीक्षण गर्दा अन्यको भने नेगेटिभ रिपोर्ट आएको छ ।
संक्रमण पुष्टि भएपछि कार्की प्रदेश प्रहरी कार्यालयको क्वार्टरमै आइसोलेसनमा बसेको बताइएको छ ।
प्रदेश १ मा हालसम्म तीन सय ५५ जना नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २ सय २० जना कोरोना जित्दै डिस्चार्ज भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।