पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएसंगै क्वारेन्टाइनबाट विदा भएका एक युवकको आइतबार बिहान मृत्यु भएको छ ।
इलाम जिल्लाको सदरमुकाम फिदिमस्थित पाँचथर बहुमुखि क्याम्पस क्वारेन्टाइनबाट शनिबार मात्र विदा भएका मिक्लाजुङ गाउँपालिका–२, का ३१ बर्षीय युवकको सदरमुकामस्थित पाँचथर अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीका अनुसार मलेसियाबाट स्वदेश फर्केका उनी पाँचथर बहुमुखि क्याम्पसमा व्यवस्थापन गरिएको क्वारेन्टाइनमा बसेका थिए । उनको पीसीआर रिपोर्टमा कोरोना नभएको पुष्टि भएपछि शनिबार क्वारेन्टाइनबाट बिदा भएका थिए ।
आफूसँग खर्चको अभाव रहेको र बन्दाबन्दीले गर्दा होटलमा बास समेत नपाउने अवस्था रहेकाले उनले जिल्ला अस्पतालमा एक रातको लागि आश्रय मागेर बसेका थिए ।
अस्पतालले केहि समय अघि व्यवस्थापन गरेको आइशोलेसन वेडमा राखेका ती युवकलाई बिहान श्वास–प्रश्वासमा समस्या देखिएको थियो ।
त्यस लगत्तै युवकको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । बैदेशिक रोजगारीका क्रममा मलेसियाबाट भदौ पहिलो साता सदरमुकाम फिदिम आइपुगेका ती युवकको भदौ १५ गते स्वाब संकलन गरिएकोमा १९ गते रिर्पोट निगेटिभ आएको स्वास्थ कार्यालयको अभिलेखमा उल्लेख छ ।