चीनले संसारको सबभन्दा विशाल जलसेनाको फौज बनाएको छ ।
विगत केही वर्षदेखि उसले जलसेनाको शक्ति कैयौं गुणा बढाएको छ । उसले पाकिस्तान, श्रीलंका र म्यान्मारमा आफ्नो जलसैन्य अड्डा बनाउन खोजेको छ ।
हिन्द प्रशान्त क्षेत्रमा ऊ अनेकौं जलसैनिक अड्डा बनाउन चाहन्छ ।
चीनसँग ३५० यु’द्धपोत र पनडुब्बीहरू छन् । अमेरिकासँग २९३ वटा यु’द्धपोत छन् । तर अमेरिकी यु’द्धपोत चीनको भन्दा अत्याधुनिक छन् ।
अमेरिकासँग ११ वटा विमानवाहक यु’द्धपोत छ र ती प्रत्येकमा ८० देखि ९० ल’डाकू विमान तैनाथ गरिन सक्छन् । चीनसँग चाहिँ दुईवटा मात्र विमानवाहक यु’द्धपोत छन् ।
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको रिपोर्टमा उल्लेख भएअनुसार, चीनले संसारको सबभन्दा ठूलो जलसेना बनाउनुका अतिरिक्त आगामी केही वर्षमा आणविक हतियारको संख्या पनि दुईगुणा बनाउने भएको छ । उक्त प्रतिवेदनका अनुसार, चीनले थाइल्यान्ड, सिंगापुर, यूएई, तान्जानिया, अंगोला लगायतका देशमा सैन्य अड्डा बनाउन लागेको छ ।
पेन्टागनले वार्षिक प्रतिवेदन मिलिटरी यान्ड सेक्युरिटी डेभलपमेन्ट्स इन्भल्भिङ द पिपुल्स रिपब्लिक अफ चाइना २०२० अमेरिकी संसद्समक्ष पेश गरेको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार, नयाँ सैन्य अड्डाहरूमा जलसेना, वायुसेना र पैदल सेनालाई थप मजबूत बनाइनेछ ।
चिनियाँ सेनाले आफ्ना सैन्य अड्डामार्फत अमेरिकाको सैन्य अभियानमा ह’स्तक्षेप गर्न सक्ने बताइएको छ । चीनले अमेरिकाविरु’द्ध संसारभरि आफ्नो स्थिति बलियो बनाउन खोजिरहेको छ । नामिबिया, भानुआतु र सोलोमन टापुमा चीनले क’ब्जा जमाइसकेको छ । त्यहाँ पनि ऊ सैन्य शक्ति बढाइरहेको छ ।
चिनियाँ जनमुक्ति सेनासँग लगभग २०० आणविक हतियार छ । उसले जमीन, प’नडुब्बी र बमवर्षक विमानमा वृ’द्धि गर्न खोजिरहेको छ । उससँग आ’णविक वाहक एयर लोन्च ब्यालिस्टिक क्षे’प्यास्त्र छैन र त्यसको विकास गरिरहेको छ ।
आगामी १० वर्षमा चीनले आणविक शक्ति दुईगुणा बढाउन खोजिरहेको छ ।
अमेरिकाले चीनको ह’तियार संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो ।