शनिबार काठमाडौं उपत्यकामा ४ सय ८ जनामा कोरोना संक्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घन्टामा उपत्यकामा ४ सय ८ संक्रमित भेटिएका हुन् ।
तीमध्ये काठमाडौं जिल्लामा ३२६ भक्तपुरमा ४५ र ललितपुरमा ३७ रहेको प्रवक्ता गौतमले बताए ।