काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासीका जिल्ला अध्यक्ष महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गरी नेपाली काँग्रेस मा प्रवेश गरेका छन्।
निर्वाचन हुन करिब एक साता बाँकी रहेको समयमा भएको राजनीतिक घटनाक्रमअनुसार उनलाई काँग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले औपचारिक रूपमा स्वागत गरेका हुन्।
नवलपरासी बर्दघाटस्थित चौपाता क्षेत्रमा आयोजित चुनावी सभाका क्रममा ठकुरीले काँग्रेसमा आबद्धता जनाएका थिए। कार्यक्रमका अवसरमा उनलाई पार्टीमा स्वागत गर्दै नेतृत्वले आगामी राजनीतिक गतिविधिमा सक्रिय भूमिका रहने अपेक्षा व्यक्त गरेको जनाइएको छ।