जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी नै कोरोना संक्रमित बनेका छन् ।
प्रजिअ भुपेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।
फेसबुकमा थापा लेख्छन् “जनताको जिवनको सुरक्षा गर्ने सिलासिलामा काँधमा जिम्मेवारी र हृदयमा ईमान्दार बोकेर कर्तव्य पालनाको सिलसिलामा कोरोना युद्वमा अहोरात्र खटिदा आज म पनि कोरोनावाट संक्रमित हुन पुगेको छु। अहिलेवाट आईसोलेशन बसेको छु । कार्यालयसँग सम्वन्धित काममा सहायक प्रजिअको मोबाइल नं 9858320380 सम्पर्क गर्न हुन अनुरोध छ।?छिट्टै तपाईंहरुको सेबामा फर्किने आशा म छु। तपाईंहरु सुरक्षित हनु होला ।”
स्थानीय प्रशासनले संक्रमण फैलिन नदिन भन्दै लामो समय देखी निषेधाज्ञा गरेर आधा दिन खुकुलो भएको दुई दिन नपुग्दै जुम्लामा मंगलबारमात्रै ४० जनामा संक्रमण पुष्टि भएको थियो ।
केही समयअगाडी जुम्ला जिल्ला कोरोनामुक्त जिल्ला घोषित भएतापनि पछिल्लो समयमा जुम्लामा कोरोनाका संक्रमितहरु बढ्दै गइरहेका छन् ।
सिडियोसहित ६ जनामा कोरोना पुष्टि
बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा जुम्लाका ‘सीडीयो’सहित थप छजनामा संक्रमण पुष्टि भएको हो ।
नमुना स्वाब परीक्षण गर्दा छजनामा कोरोना ‘पोजिटिभ’ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए ।