वितेको २४ घन्टामा नेपालमा ११ सय भन्दा बढी संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर रहेका प्रयोगशालामा १२ हजार ६ सय २९ जनाको नमूना परिक्षण गर्दा १ हजार १ सय ११ जनाको नमूना पोजेटिभ पाइएको हो ।
आज भेटिएको संख्या अहिलेसम्मकै बढी हो ।
आज काठमाडौं उपत्यकामा मात्र ३ सय ७७ संक्रमित फेला परेका छन् । जसमध्ये काठमाडौं जिल्लामा २ सय ७० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६६ संक्रमित फेला परेका हुन् ।
आजसम्म कूल संक्रमितको संख्या ३५ हजार ५ सय ३९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दैनिक चार अंक (९९९ भन्दा बढी) मा संक्रमित भेटिन थाल्ने हो दशैंसम्ममा संक्रमितको संख्या १ लाख नाघ्ने अनुमान गरिएको छ ।