नेपालको नीजि वायूसेवा कम्पनी हिमालयन एयरलाइन्सले ६ दिने उद्दार उडान तालिका सार्वजनिक गरेको छ ।
अगस्ट २६ तारिक देखि ३१ तारिकसम्मको लागि साउदी अरेबिया मलेशिया युएई र कतारको लागी एयरलाइन्सले तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार अगस्ट २६ तारिका साउदी अरेबियाको दमामबाट काठमाडौंको लागि उडान हुनेछ । जसको भाडा प्रतियात्रु ४ सय ६५ अमेरिकी डलर तोकिएको छ ।
त्यस्तै मलेशियाको राजधानी क्वालालम्पुरबाट अगस्ट २७ र २९ तारिका दिन उडान हुनेछन् । मलेसियादेखि काठमाडौं आउने यात्रुले प्रतियात्रु ३ सय ७२ अमेरिकी डलर भाडा तिर्नुपर्नेछ ।
युएईको अबुधाबीबाट अगस्ट ३० तारिकमा उडान हुनेछ भने भाडादर ३ सय ८५ डलर तोकिएको छ ।
त्यस्तै कतारको दोहाबाट अगस्ट ३१ तारिकको दिन उडान गरिनेछ । दोहाबाट काठमाडौं आउनको लागि यात्रुले ३ सय ९२ डलर भाडा तिर्नुपर्ने हुन्छ ।
नेपाल आएपछि होटलमै बस्नुपर्छ ?
मलेशिया र युएईबाट नेपाल आउने यात्रुहरुले नेपाल आएपछि अनिवार्य होटलमा बस्नुपर्ने वाध्यकारी नियम भने छैन । उनीहरुले १४ दिन घरमै क्वारेन्टाइन बस्ने गरी लिखित प्रतिवद्धता जनाएपछि घर जान अनमुति दिइनेछ ।
तर साउदी अरेबिया र कतारबाट नेपाल आउने यात्रुले भने अनिवार्य ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । ती देशबाट आउने यात्रुहरुले टिकट लिनुअगावै काठमाडौंमा होटल बुकिङ्ग गरेको कागजातहरु पेश गर्नुपर्ने हुन्छ ।
सबै यात्रुहरुले https://ccmc.gov.np/arms/login.php बाट अनलाइन फारम भर्नुपर्दछ भने चेकइनको समयमा उक्त फारमको प्रिन्ट कपि वा बारकोड उपलव्ध गराउनुपर्ने हुन्छ ।