काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले बस दुर्घटनामा ज्यान गुमाउने १३ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन् ।