काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले युवाहरू अहिलेका साझेदार भएकोले सँगै हिँड्ने बताएका छन्।
बुधबार एक भिडिओ सन्देश जारी गर्दै सभापति थापाले भनेका छन्, ‘युवाहरू भविष्य हुन् भनेर छाड्ने होइन। युवाहरू अहिलेका साझेदार हुन्। सँगै हिँड्ने हो।’
उनले बदलिएको नेपाली काँग्रेस के हो भनेर एक छिन अडिएर सोच्न पनि आग्रह गरेका छन्। हिजोका राम्रा कुराहरूलाई फैलाउने पनि उनले बताए।
बदलिएको नेपाली काँग्रेसले हिजोको काँग्रेसका कतिपय राम्रा कुराहरूलाई अघि बढाउने पनि उनले बताए।
विगतमा अर्को चुनाव चिह्नमा भोट हाल्न लगाएको र पार्टी सञ्चालन गरेको तरिकामा आम नागरिकबाट गुनासा रहेको भन्दै त्यसलाई जोखिम उठाएर आफूहरूले सच्याएर आएको सभापति थापाको भनाइ छ।
पार्टी छाडेका तथा निष्क्रिय भएकाहरूलाई पार्टीमा फर्कन र सक्रिय हुन पनि सभापति थापाको आह्वान छ। उनले उत्तेजना र घृणाको राजनीति नगर्ने पनि बताएका छन्।