उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्यबारे पुनः एक पटक चर्चा भइरहेको छ ।
पछिल्लो केही समयदेखि किम जोङ उनको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी र दाबी गरिएको थियो तर उनी अचानक सबैको अगाडि स्वस्थ रुपमा देखापरे । अब दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञद्वारा यस्तो दाबी गरिएपछि उनको स्वास्थ्यबारे पुनः चर्चा शुरु हुन थालेको हो ।
डेली मेलको एक रिपोर्ट अनुसार स्थानीय मिडियासँग कुराकानी गर्दै दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञले किम जोङ उन कोमामा भएको तर उनको जीवन अन्त्य भने नभएको बताएका छन् ।
उनका अनुसार किमका ३३ वर्षीया बहिनी किम यो–जोङ दाइका केही शक्तिसहित सर्वोच्च पदमा रहेकी छिन् । ‘अहिले नै एक पूर्ण उत्तराधिकार संरचनाको गठन नगरिएका कारण उनकी बहिनीलाई अगाडि सारिएको हो,’ उनले भने ।
किमले बिहिबार सरकारी कार्यक्रममा आफ्नो उपस्थिति जनाएको तस्बिर उत्तर कोरियाली मिडियाले सार्वजनिक गरेता पनि चाङले यस्तो दाबी गरेका हुन् । यद्यपि, रोयटर्सका अनुसार उक्त तस्बिर स्वतन्त्ररुपमा पुष्टि हुन नसक्ने बताएको छ ।
कोरोना भाइरस र वैश्विक प्रतिबन्धले उत्तर कोरियाको अर्थव्यवस्था डामाडोल भएको छ । जसका कारण उत्तर कोरियाली तानाशाह किम जोंग उन निराश भएका छन् ।
त्यसैले पनि उनले अमेरिकासँग आफ्नो सम्बन्ध सुधार्ने जिम्मेवारी आफ्नी बहिनीलाई लगाएको समाचार यसअगाडी नै प्रकाशित भैसकेको छ (हेर्नुहोस समाचार ) ।