कोभिड–१९ रोगका सङ्क्रमित समुदायस्तरमै फैलिँदै गएपछि भक्तपुर नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने मुख्य १३ नाकामा कडाइ गरेको छ ।
नगरपालिकाले आजदेखि भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाका सल्लाघारी–नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी नाकामा कडाइ गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
सबै नाकामा कर्मचारी खटाएर नगर प्रवेश गर्नेहरूको विवरण सङ्कलन गरी आवश्यक निगरानी शुरु गरेको उनले बताए ।
संसारका ठूला र शक्तिशाली देशहरू कोरोनाको महामारी नियन्त्रण गर्न असफल भइरहेको विषम परिस्थितिमा नेपालमा महामारी फैलिनु अघि नै समाजलाई जोगाउन सचेतना कार्यक्रम र व्यक्तिगत सुरक्षा अपनाइ यो रोगको सङ्क्रमणबाट जोगिन आवश्यक रहेको छ ।