काठमाडौँ- एमालेका सचिव महेश बस्नेत भक्तपुर २ बाट चुनाव लड्ने भएका छन् । बस्नेतविरुद्ध रास्वपाले राजीव खत्रीलाई उठाउने भएको छ ।
खत्रीले काठमाडौँ १० मा उठाउने तयारी गरेको भए पनि भक्तपुर २ मा टुंगो लागेको हो । खत्री पूर्वसञ्चारकर्मी हुन् । उनीहरूबीच चुनावी भिडन्त पनि रोचक हुने भएको छ ।
भक्तपुर २ बस्नेतको निर्वाचन क्षेत्र हो भने खत्री काठमाडौँ १० बासिन्दा हुन् । गत आमनिर्वाचनमा बस्नेत पराजित भएका थिए । खत्री भने भर्खरै राजनीतिमा होमिएर पहिलो पटक चुनाव लड्दै छन् ।