काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्य नियुक्त भएकी छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागको महानिर्देशकमा मीरा आचार्यलाई पठाएको हो । उनी विभागकी पहिलो महिला महानिर्देशक हुन् ।
श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्री स्तरीय निर्णय गर्दै उनलाई विभागको जिम्मेवारी दिएका हुन् ।