वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।
नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको शुक्रबार मृत्यु भएको हो।
गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा उदयनारायण सिंहले जानकारी दिए ।
निमोनिया भएपछि उनी केही दिन अघि वीरगञ्जस्थित एडभान्स अस्पताल भर्ना भएकी थिइन् ।
उपचारको क्रममा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई विहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पताल ल्याइएको थियो । उनी मुटु रोगी भएको डा सिंहले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा आधिकारिक रुपमा पुष्टी गर्न भने बाँकी नै छ । आज बेलुका हुने मिडिया ब्रिफ्रिङ्गमा यसबारे जानकारी दिने मन्त्रालयले स्रोतले बतायो