पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना संक्रमित भेटिएका छन् ।
सोमबार थप १ सय ८० जनामा कोरोनाभाइरस पुष्टि भएको छ।
यी सहित आजसम्म कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा थप २ सय ६४ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कुल ६ हजार ८ सय ११ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
विगत २४ घण्टामा विभिन्न २५ प्रयोगशालाबाट ४ हजार ७ सय २१ जनाको पिसिआर परीक्षण भएको छ।
हालसम्म २ लाख ५५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ।