भारतको उत्तर प्रदेशस्थित कानपुरमा अबेर राती केही अपराधीलाई पक्रन गएको प्रहरीको समूहमाथि गो ली बारी हुँदा एक डिएसपीसमेत आठ प्रहरीको मृत्यु भएको छ ।
प्रहरी अधिकारीका अनुसार थुप्रै प्रहरी घाइतेसमेत भएका छन् । घटनास्थलमा अत्यधिक संख्या प्रहरी बल तैनाथ गरिएको छ ।
राज्यका प्रहरी महानिर्देशक हितेश चन्द्र अवस्थीले भने, ‘कानपुरको एक अपराधी तथा हि-स्ट्रीशीटर विकास दुबेलाई पक्राउ गर्नका लागि प्रहरी चौबेपुर थाना क्षेत्रको दिकरु गाउँ पुगेको थियो ।
प्रहरीलाई रोक्नका लागि उनीहरुले पहिले नै जेसीबी लगाएर बाटो रोकेका थिए । ’
‘प्रहरी दल पुग्ने बित्तिकै अप-राधीले छतबाट गो लीबारी गर्न सुरु गरे जसमा ८ प्रहरीको निधन भयो । यसमा डिप्युटी एसपी देवेन्द्र मिश्र, तीन सब इन्सपेक्टर र चार कन्स्टेबल छन् । ’
मु-ठभेदमा कम्तीमा ६ प्रहरी घाइते पनि भएका छन् जसलाई कानपुरको रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । एक प्रहरीको स्थिती गम्भीर बताइएको छ ।
डिजीपी अवस्थीका अनुसार विकास दुबेमाथि ६० वटा मु-द्दा दर्ता छन् । केही दिनअघि कानपुरका राहुल तिवारी नामका व्यक्तिले उनीमाथि ह-त्याका प्रयास मु-द्दा द-र्ता गरेका थिए ।
त्यसै सिलसिलामा प्रहरीले विकास दुबेलाई पक्राउ गर्नका लागि उनको गाउँ गएको थियो जहाँ प्रहरीसँग उनको मुठभेड भयो ।