सुशान्त सिंह राजपुतको निधन पछि एकाएक चर्चामा आएको नाम हो रिहा चक्रावती ।
उनी एक वर्षदेखि सुशान्तसँग प्रेममा रहेको कुरा भारतीय मिडियाहरुले बताउँदै आएका छन् ।
सुशान्त र रिहा इटाली भ्रमणमा निस्किएपछि उनीहरुको प्रेम सम्बन्धको चर्चा चलेको थियो ।
र यो पनि : सुशान्तको १३ औं दिनको पुण्य तिथीमा परिवारले गर्यो ६ बोल्ड निर्णय
अहिले सुशान्तको निधन पछि उनी फेरि चर्चामा आएकी छिन् ।
सुशान्तसँग लामो समयसम्म प्रेममा रहेकी अंकिता लोखण्डे सुशान्तको परिवारलाई सान्तवना दिनलाई पटना पनि गएको थिइन् ।
तर रिहा भने घरबाट बाहिर नै निस्केको छैन्न ।
र यो पनि : सुशान्तलाई श्रद्धाञ्जली दिदै उनको बाटो रोजेर अस्ताए लोकदोहोरी गायक दिपक
सुशान्तको १३ औं दिनको पुण्य तिथी सकिएपछि रिहा सिबानी डन्डेकरसँग फरहान अक्तरको घरमा पुगेकी छिन् ।
फरहानको घर जानु अघि उनी डिनो मेरियाको घर पनि गएको बताइएको छ ।
सुशान्तको निधन पछि फरहान अख्तरको बयान बाहिर आएको थियो ।
जहाँ उनले सुशान्तको बारेमा खुलेर प्रशंशा गरेका थिए ।
रिहाले किन फरहानलाई भेट्न गइन् भन्ने कुरा सार्वजनिक भएको छैन ।
सुशान्तको १३ औं दिनको पुण्य तिथीमा परिवारले गर्यो ६ बोल्ड निर्णय
सुशान्तले जुन १४ गते आफ्नो जीवनको अन्त्य गरे ।
उनको निधनले पुरै बलिउड, उनको फ्यान तथा परिवारजन शोकमा डुबेको छ ।
उनको निधनमा बलिउड २ धारमा परिणत भएर नेपोटिजमको बहस शुरु गरेका छन् ।
सुशान्त सिंह राजपूत चार छोरीपछि जन्मिएका एक्ला छोरा थिए ।
४ दिदीहरुलाई भाइ बिना रक्षा बन्धन खल्लो लागेपछि छोराको चाहान बढेको थियो ।
सुशान्तका पिता केके सिंहले मिडियासँग कुराकानी गर्दै परिवार भित्रको रहस्य खोल्दै भने, ”३ वर्ष भाकल गरेर जन्मेको छोरा हामीभन्दा पहिले गयो ।
जसका लागि यति धेरै भाकल गरिन्छ उनीहरुमाथि नै त्यस्तै हुन्छ ।”