विराटनगर, कार्तिक १३ गते ।
झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट कार्तिक १२ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई पक्राउ गरीएको छ । झापाको इलाका प्रहरी कार्यालय दमकबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-५ का बिष्णु राजबंशीलाई आफ्नै घरमा लागू औषधको बिक्रि बितरण गरीरहेको अवस्थामा ट्रामाडोल-८ सय क्याप्सुल, स्पास्पेन ३ सय ट्याब्लेट र डाईक्लोमाईन ५ सय ट्याब्लेट सहित संलग्न सोही स्थानका मौसम तामाङ, सावन जगेबु, रुस्तम बर्देवा र रुचल मगरलाई नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले संखुवासभाको धर्मदेव नगरपालिका-४ का ओमनाथ घिमरेलाई ब्राउन सुगर २ ग्राम ३ सय ६० मिलिग्राम सहित र इलाका प्रहरी कार्यालय धरानले बिभिन्न किसिमका लागूऔषध ३ सय १७ ट्याव्लेट सहित धरान उप-महानगरपालिका-५ का रेहान लिम्बुलाई नियन्त्रणमा लिएको छ ।