काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू-भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाले बुधबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
यसैगरी, बिहीबार र शुक्रबार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा साधरणतया बदली रही एक-दुई स्थानमा भारी हिमपातको साथै कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ मंगलबार राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरी सकेको र तत्पश्चात् बिस्तारै कमजोर हुँदै उत्तर-उत्तर पश्चिम दिशामा सर्दै आएको छ।
न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भू-भाग नजिक आइ पूर्वतर्फ सर्दै बुधबार रातिदेखि कात्तिक १५ गते शनिबारसम्म नेपालको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने देखिएको महाशाखाले जनाएको छ।