बुधबार काठमाडौं उपत्यकामा थप २ जना कोरोना संक्रमित थपिएका छन्।
बुधबार स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौं र भक्तपुरमा २ जनामा थप संक्रमित थपिएका जानकारी दिए।
काठमाडौंमा १ जना पुरूष र भक्तपुरमा १ जना महिलामा संक्रमण देखिएको उनले बताए।
बुधबार नेपालमा ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम ६ हजार ८ सय ८२ जनाको परिक्षण गर्दा ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
योसँगै नेपालमा संक्रमित भएका व्यक्तिको संख्या १० हजार ७ सय २८ पुगेका छन् ।
बुधबार मात्र देशका विभिन्न स्थानबाट १ सय १४ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । आजसम्म निको हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ ।
नेपालमा अहिलेसम्म १ लाख ९३ हजार १ सय ९४ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको छ ।