
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रथम महिला सविता पौडेलका साथ गाई पूजा गरेका छन्। कात्तिक कृष्णऔँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।
राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।