
काठमाडौँ । भरतपुरमा सोमबार राति स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका-१० स्थित एयरपोर्ट नजिकै राति २ बजे बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा परी स्कुटर चालक भरतपुर-२१ बस्ने वर्ष २५ को सन्दीप घिमिरे र स्कुटर पछाडि सवार वर्ष २८ को कुशल अर्यालको मृत्यु भएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको भरतपुर अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको प्रहरीले जनाएको छ ।